Aries
मेष
च, चू, चे, चो, ला, ली, लू, ले, लो, अ

हतारमा निर्णय गर्दा काम बिग्रन सक्छ। आफ्नै व्यक्तिबाट बाधा र हिस्सेदारसँग असमझदारी बढ्न सक्छ। गलत संगत र सोचविचार नगरी दिएको वचनले समस्या निम्त्याउने भएकाले सावधानी अपनाउनुहोस्।

Taurus
वृष
इ, उ, ए, ओ, वा, वी, वू, वे, वो, ब, बी, बु

सहयोग र मिहिनेतले चिताएका काम सफल हुनेछन्। प्रतिस्पर्धामा अघि बढ्दै उद्योग–व्यापारबाट राम्रो लाभ मिल्नेछ। कर्मको उचित प्रतिफल पाइनुका साथै स्रोत–साधन जुटेर जीवनमा सकारात्मक परिवर्तन आउनेछ।

Gemini
मिथुन
क, कि, कु, घ, ड, छ, के, को, ह

आत्मविश्वासको कमी र हडबडीले अवसर गुम्न सक्छ। बोली र व्यवहारमा सावधानी अपनाउनुपर्छ। अध्ययनमा समय कम मिले पनि बुद्धिमानीपूर्वक अघि बढे लक्ष्य हासिल गर्न सकिनेछ।

कर्कट
ही, हू, हे, हो, डा, डी, डु, डे, डो

प्रशंसनीय कामले प्रतिष्ठा र अवसर बढाउनेछ। ज्ञान, कला र व्यक्तित्व विकास हुनेछ। साथीभाइ तथा आफन्तसँग रमाइलो भेटघाट हुनुका साथै लक्ष्यअनुसार काम समयमै सम्पन्न हुनेछ।

सिंह
म, मी, मू, मे, मो, ट, टी, टू, टे

समयमै सजग नहुँदा आफ्नाबाट टाढिनुपर्ने र अवसर गुम्ने अवस्था आउन सक्छ। काम र व्यवसायमा थप मिहिनेत तथा लगानी गर्नुपर्ला। आकस्मिक खर्च बढ्ने र तत्कालको लाभले भविष्यमा नोक्सान पुर्याउन सक्ने भएकाले सावधानी अपनाउनुहोस्।

Virgo
कन्या
प, पी, पू, ष, ण, ठ, पे, पो

आयआर्जन र व्यवसायमा राम्रो लाभ हुनेछ। आवश्यक साधन जुटेर नयाँ कामको सुरुवात हुनेछ। थोरै लगानीबाट पनि आम्दानी बढ्नेछ र रुचिका क्षेत्रमा प्रगति गर्न सकिनेछ।

Libra
तुला
र, री, रू, रे, रो, त, ती, तू, ते

मिहिनेत र प्रयासले प्रतिष्ठा, धन र सफलता प्राप्त हुनेछ। जिम्मेवारी तथा अवसर बढ्नेछन्। नोकरी–व्यवसायमा लाभ मिल्नुका साथै दिगो र प्रभावकारी कामको आधार बन्नेछ।

Scorpio
वृश्चिक
तो, ना, नी, नू, ने, नो, य, यी, यू

अरूले फाइदा उठाउन सक्ने भएकाले सावधानी अपनाउनुहोस्। स्वास्थ्यका कारण काममा बाधा आउन सक्छ। शुभचिन्तक र जीवनसाथीको सहयोग मिल्नेछ। आम्दानी सामान्य रहे पनि व्यवसाय चलिरहनेछ र प्रयास दोहोर्याउँदा सफलता मिल्नेछ।

Sagittarius
धनु
ये, यो, भा, भी, भू, ध, फा, ढा, भे

व्यस्तता र कामको चाप बढ्दा कमजोरी महसुस हुन सक्छ। गोपनीयता भंग हुँदा समस्या आउन सक्ने भएकाले सावधानी अपनाउनुहोस्। स्वास्थ्य र समय व्यवस्थापनमा ध्यान दिनुहोला। अपेक्षित नतिजा नआउँदा काम दोहोर्याउनुपर्ने र अरूको हस्तक्षेप हुन सक्नेछ।

Capricorn
मकर
भो, जा, जी, खी, खू, खे, खो, गा, गी

विगतको सफलताले उत्साह बढाउनेछ। नयाँ अवसर, सहयोग र धनलाभ मिल्नेछ। आफन्तसँग भेटघाट हुनुका साथै कमजोरी सुधार्ने मौका पाइनेछ। प्रेम–मित्रता प्रगाढ हुँदै दिगो कामको आधार बन्नेछ।

कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो, द

स्वास्थ्य र उत्साह राम्रो रहनेछ। चुनौती र प्रतिस्पर्धामा सफलता मिल्नेछ। व्यापार तथा आर्थिक लाभका नयाँ योजना अघि बढ्नेछन्। यात्रामा खर्च बढ्न सक्ने र उपलब्धिमा अरूले दाबी गर्न सक्ने भएकाले गोपनीयता कायम राख्नुहोस्।

Pisces
मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची,

परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। काममा अरूले फाइदा उठाउन सक्ने भएकाले सावधानी अपनाउनुहोस्। खानपानमा ध्यान दिनुपर्नेछ। काम–व्यवसाय सामान्य रहने र आर्थिक स्थितिमा केही सुधार आउनेछ।